१० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

२०८१ पुष २४ गते बुधवार
सारांश
  • प्रतियोगिताको सम्पूर्ण तयारी, प्रतियोगिता अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट नै हुने छ ।

काठमाडौं :  कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । 


बुधबार त्रिपुरेश्वर स्थित खेलकुद परिषद्को सभाहलमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामि चैत्र २३ गते देखि ३० गतेसम्म सञ्चालन हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो । 


प्रतियोगिताको सम्पूर्ण तयारी, प्रतियोगिता अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट नै हुने छ । 


कार्यक्रममा परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको सहभागीताको सङ्ख्या जम्मा दुई सय १५ जनाको रहेकोमा यो वर्ष सात सय भन्दा माथिको संख्यामा सहभागीता गराउने टिम पनि रहेको बताए । सहभागीको संख्यालाई हेरेर ढोका बन्द नगर्ने भन्दै उनले यसका निम्ति बजेटको व्यवस्था पनि गरेको जानकारी गराए । 


उनले भने, ‘विगतको नवौं राष्ट्रिय खेलकुदको सहभागीताको सङ्ख्या हेर्ने हो भने जम्मा दुई सय १५ जनाको सहभागीता थियो । तर अहिले चाँही सात सय भन्दा माथिको सहभागीता गराउने टिम पनि छ । दुई सय र सात सयबीचको प्रतिस्पर्धाले के हुन सक्छ भन्ने पनि छ । तर यसमा हामीले ढोका बन्द गरेको छैनौं । यसका निम्ति पनि बजेटको व्यवस्था गरेका छौं ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार